दार्चुलाको ग्वानीमा मिनी ट्रक दुर्घटना

606

दार्चुला, असार ५ गते
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर ६ ग्वानीमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । मंगलबार राती पौने ९ बजेतिर धनगढीबाट दार्चुला सदरमुकाम खलंगा तर्फ आउदै गरेको सु प प्र ०१००१ क १६९२ नम्बरको ट्रकको स्टेरिङले काम नगर्दा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक करन सिह राना र गाडी साहु जनक राज विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र सिहले जानकारी दिनु भयो । प्रहरीका अनुसार चालकको खुट्टामा चोट लागेको छ । दुबै जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ । दुर्घटनामा परेका दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट अन्दाजी करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चामल रहेको र दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !