जिल्ला अस्पताल दार्चुलामा एक जना विरामीको मृत्यु

1310

दार्चुला, साउन १९ गते ।
जिल्ला अस्पताल दार्चुलामा एक जना विरामीको मृत्यु भएको छ । जिल्लाको ब्यास गाउँपालिका वडा नं ५ का २८ बर्षिय लोकेन्द्र कुवरको मृत्यु भएको जिल्ला अस्पत्ताल दार्चुलाले जनाएको छ ।
श्वास फेर्न गाह्रो हुने र ज्वरो आइरहेको समस्या लिएर आइतबार दिउसो आएका कुवँरलाई फोक्सो सम्बन्धी विरामी भएकोले थप जाचँका लागी धनगढी वा डडेलधुरा जान भनिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।
मृतक कुवर गए राती १० बजे समस्या भइरहेको भन्दै पुनः जिल्ला अस्पताल पुगेको जिल्ला अस्पत्ताल दार्चुलाका कर्मचारी सुरज परियारले जानकारी दिनुभयो ।
श्वास फेर्न गाह्रो भएर अस्पताल आएका कुवरलाई भर्ना गरि अक्सिजन दिएको भएपनि राती १ बजेतिर मृत्यु भएको परियारले जानकारी दिनुभयो ।
मृतक कुवरलाई कोरोनाको आशंकामा आरडीडी परिक्षण गर्दा नेगेटिभ पाइएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
मृतक कुवर जिल्ला सदरमुकाममा मोवाइल पसल सञ्चालक रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !