अपडेटः पस्ती पहिरोमा २ जनाको ज्यान गयो

0
876

साउन ६ गते, दार्चुला ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ८ पस्तीमा पहिरोमा पुरिएका २ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ज्यान जानेमा अर्जुन दर्जी र मिलन दर्जी रहेका छन् । मंगलबार बिहान घरमाथिबाट खसेको पहिरोले स्थानिय लक्ष्मी ढोलीको घर आसिंक रुपमा पुरीदा उनिहरुको ज्यान गएको हो ।

यो पनि पढ्नुहोस- पस्ती पहिरोः दुई जनाको उद्धार दुई जना बेपत्ता

लक्ष्मी ढोली उनका छोरा शुवम् परियार र छोरी सोनियालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गरेको प्रहरीले जनाएको छ । घटनामा लक्ष्मी र सोनियाँ घाइते भएका छन् भने शुवम् परियार सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।